काठमाडौं । फरवार्ड तथा कप्तान सावित्रा भण्डारी (साम्बा), मिडफिल्डर प्रीति राई र गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाबिना नै नेपाली टिम आज भारतसँगको दोस्रो मैत्रीपूर्ण फुटबल खेल्न उत्रिँदै छ ।
यो यी दुई टिमबीचको ‘अनअफिसियल’ मैत्रीपूर्ण फुटबल हो । यसअघि, सोमबार राति भएको पहिलो मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २–१ ले हराएको थियो । जसमा दुवै गोल फरवार्ड तथा कप्तान सावित्राले गरेकी थिइन् ।
याे खेल सिक्किममा नेपाली समयअनुसार अपराह्न ५ बजेदेखि सुरु हुनेछ ।
नेपाली टिम सन् २०२२ को साफ महिला च्याम्पियनसिपयता भारतसँग अपराजित छ । नेपाली टिमकी कप्तान सावित्रा र एन्जिला क्लब फुटबलमा निम्ति जाने भएका हुन् ।
सावित्रा अस्ट्रेलियन लिगको क्लब वेलिङ्टन फोनेक्समा र एन्जिला भारतकै क्लब सेथु एफसीमा आबद्ध छन् । प्रीति टिममा उपलब्ध हुने भए पनि उनलाई यो खेलमा आराम दिइने भएको छ ।


प्रतिक्रिया