विश्व प्रदूषित सहरको चौथो स्थानमा काठमाडौं

विश्व प्रदूषित सहरको चौथो स्थानमा काठमाडौं



काठमाडौं । काठमाडौं विश्वकै चौथो वायु प्रदूषित सहर बनेको छ । विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको आईक्यूएअरका अनुसार बुधबार बिहान काठमाडौँको वायु प्रदूषण १६७ एक्यूआई मापन गरिएको छ ।

पहिलो नम्बरमा पाकिस्तानको लाहोर शहर रहेको छ । यहाँको वायु प्रदूषण ४५८ एक्यूआई मापन गरिएको छ ।

छिमेकी राष्ट्र भारतको दिल्ली प्रदूषित सहरको दोस्रो स्थानमा र चीको बेइजिङ तेस्रोमा रहेको छ ।