काठमाडौं । मैत्रीपूर्ण महिला फुटबल खेलमा नेपालले भारतलाई पेनाल्टीसुटआउटमा पराजित गरेको छ ।
सिक्किमको पाल्जोर स्टेडियममा बुधबार भएको अनअफिसियल मैत्रीपूर्ण खेलमा नेपालले भारतलाई पेनाल्टीसुटआउटमा ३-० ले पराजित गरेको हो ।
निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि विजेताको निर्णय पेनाल्टीसुटआउटबाट भएको हो । जहाँ अन्जना राना मगर नायक बन्दै दुई पेनाल्टी बचाइन् ।


प्रतिक्रिया