महिला एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र दक्षिण अफ्रिका खेल्दै

महिला एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र दक्षिण अफ्रिका खेल्दै



काठमाडौं । आईसीसी महिला एकदिवसीय क्रिकेट विश्वकपको उपाधिका लागि आज भारत र दक्षिण अफ्रिका खेल्दैछन् । खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे शुरु हुनेछ ।

भारतले सेमिफाइनलमा अस्ट्रेलियालाई हराएर फाइनलमा प्रवेश गरेको हो भने दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई हराउँदै फाइनलमा पुगेको हो ।