काठमाडौं । भारतकी स्मृति मन्धानालाई पछि पार्दै दक्षिण अफ्रिकाकी कप्तान लौरा वोल्भार्ट आईसीसी महिला एकदिवसीय ब्याटिङ वरीयताको शीर्ष स्थानमा पुगेकी छिन् ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा वोल्भार्ट दुई स्थान सुधार गर्दै शीर्ष स्थानमा पुगेकी हुन् । २६ वर्षीया वोल्भार्टले भर्खरै सकिएको एकदिवसीय विश्वकपको सेमिफाइनल र फाइनल दुवैमा शतकसहित ५ सय ७१ रन बनाएकी थिइन् ।
यो वरीयतामा भारतकी मन्धाना एक स्थान तल झर्दै दोस्रो र अस्ट्रेलियाकी एश्ले गार्डेनर एक स्थान तल झर्दै तेस्रो स्थानमा छन् ।
यस्तै एकदिवसीय बलिङ वरीयतामा इङ्ग्ल्यान्डकी सोफी एक्लेस्टोन शीर्ष, दक्षिण अफ्रिकाकी दुई स्थान सुधार गर्दै मारिजान क्याप दोस्रो र अस्ट्रेलियाकी अलाना किङ्ग एक स्थान तल झर्दै तेस्रो स्थानमा छन् ।
यस्तै महिला एकदिवसीय अलराउन्डरमा अस्ट्रेलियाकी एश्ले गार्डेनर शीर्ष, दक्षिण अफ्रिकाका मारिजान क्याप र हेली म्याथ्यूज तेस्रो स्थानमा यथावत् छन् ।


प्रतिक्रिया