सङ्कटा एफसी झापा महिला गोल्डकपको सेमिफाइनलमा

सङ्कटा एफसी झापा महिला गोल्डकपको सेमिफाइनलमा



काठमाडौं । घरेलु टोली झापा एफसीलाई हराउँदै सङ्कटा एफसी झापा महिला गोल्डकपको सेमिफाइनलमा पुगेको छ ।

शिवसताक्षीमा रहेको दूधे रङ्गशालामा आज भएको खेलमा सङ्कटाले झापा एफसीलाई ६–० को फराकिलो अन्तरले हरायो । सङ्कटाका लागि पूर्णिमा राईले २ तथा सेनु परियार, समीक्षा मगर, छिरिङ वाङदेन र अरुणा स्याङताङले १/१ गोल गरे ।

प्रतियोगितामा आठ वटा टोली सहभागी छन् । प्रतियोगिताको विजेताले १० लाख १० हजार रुपैयाँ र दोस्रो हुने टोलीले पाँच लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ । पहिलो संस्करणको झापा महिला गोल्डकपको फाइनल खेल कात्तिक २४ गते हुनेछ ।