सुदुरपश्चिम पुग्यो एनपीएलको ट्रफी टुर

सुदुरपश्चिम पुग्यो एनपीएलको ट्रफी टुर



टीकापुर । सुदूरपश्चिममा नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी टीकापुर पुगेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुले कैलालीको टीकापुरस्थित पर्यटकीय स्थल टीकापुर पार्कको महेन्द्र आरोग्य गृह अगाडिबाट शुक्रबार ट्रफी टुरको सुरुवात गरेेका हुन् ।

देशको छ वटै प्रदेशमा टुर सकिएपछि सुदूरपश्चिममा ट्रफी पुगेको छ । ‘क्रिकेटका कारण नेपाललाई विश्वभर चिनाएकाले क्रिकेटलाई माया गर्न आग्रह गर्दछु’ अध्यक्ष चन्दले भने, ‘सुदूुरपश्चिम क्रिकेटको उर्भरभूमि भएकाले यो ट्रफी टुरको महत्व छ ।’

टीकापुर नगरपालिकाका नगरप्रमुख रामलाल डगौरा थारुले एनपीएलको ट्रफी टुर सुदूरपश्चिममा पुग्नु र टीकापुुरबाट सुरु हुनु टीकापुरका लागि गौरवको विषय भएको बताए ।