काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सदस्य २ लाख ४१ हजार ७९९ पुगेको जनाएको छ । सौराहामा जारी केन्द्रीय समिति बैठकमा महामन्त्री कविन्द्र बुर्लाकोटीले पेस गर्दै पार्टी सदस्यबारे जानकारी गराएका हुन् ।
पार्टीको सातै प्रदेशमा सशक्त प्रदेश समिति रहेको उनले बताए । प्रतिवेदनमा भनिएको छ, ‘विभागहरु गठन हुने क्रममा छन् । डोल्पा, मनाङ र मुस्ताङ बाहेकका ७४ जिल्लामा जिल्ला समिति रहेको छ । उल्लिखित ३ जिल्लामा सदस्यहरु हुनुहुन्छ र संगठनका प्रयासहरु जारी छन् ।’
अहिले पार्टीको वडा र पालिका अधिवेशनहरुको निरन्तरता दिएको पनि बताए ।


प्रतिक्रिया