बंगलादेश र मलेसियासँग फुटवल खेल्ने नेपालको २३ सदस्यीय टोली घोषणा

बंगलादेश र मलेसियासँग फुटवल खेल्ने नेपालको २३ सदस्यीय टोली घोषणा



काठमाडौं । बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल तथा मलेसियासँगको एएफसी एशियन कप छनोट खेलका लागि नेपाली फुटबल टोलीको घोषणा भएको छ ।

मुख्य प्रशिक्षक हरि खड्काले किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।

प्रारम्भिक चरणमा बोलाइएका ३५ खेलाडीबाट २३ सदस्यीय टोली छानिएको हो । नेपालले १३ नोभेम्बर अर्थात आउँदो बिहीबार बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ । यस्तै १८ नोभेम्बरमा मलेसियासँग एएफसी एशियन कप छनोटको खेल खेल्दै छ ।

टोलीको प्रशिक्षकमा हरि खड्का र सहायक प्रशिक्षकमा बालगोपाल साहुखल र चेतन घिमिरे नियुक्त भएका छन् ।

नेपालको अन्तिम टोली : किरण चेम्जोङ (कप्तान), अभिषेक लिम्बु, आदित्य शाक्य, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विशाल सुनार, दीप कार्की, दिनेश हेन्जन, दिपेश गुरुङ, जिलेस्पी जंग कार्की, कुशल देउवा, लकेन लिम्बु, मणि कुमार लामा, मनिष डाँगी, रोहित चन्द, रोहन कार्की, सनिश श्रेष्ठ, सुवास बम, सुमित श्रेष्ठ, सुमन श्रेष्ठ, योगेश गुरुङ