काठमाडौं । एकता विवादका कारण विभाजित नेकपा एकीकृत समाजवादीको पुनर्गठन पक्षधरले पार्टी संयोजकमा घनश्याम भुसाललाई तोकेको छ ।
शनिबार राति ६७ जना केन्द्रीय सदस्यको भर्चुवल (जुम) मिटिङले उनलाई संयोजक तोकेको बैठकमा सहभागी केन्द्रीय सदस्य अमृतसागर बस्नेतले बताए । पार्टीको नाम, झण्डा र चुनाव चिह्न यथावत राख्ने, यद्यपि कानूनी र संसदीय व्यवस्थाका विषयलाई अध्ययन गर्दै आवश्यकताका आधारमा अगाडि बढ्ने निर्णय गरिएको छ ।
विशेष महाधिवेशनअघि मंसिरमै राष्ट्रिय भेला आयोजना गरिने भएको छ । त्यसको मिति आजभोलिमै तोकिने बस्नेतले बताए । कतिपय नेता–कार्यकर्तामा रहेको अन्यौलता चिर्न सबैले पहल गर्ने जुम मिटिङले निर्णय गरेको उनले बताए ।
नेकपा एकीकृत समाजवादी विभाजनपूर्व भुसाल पार्टी महासचिव थिए ।


प्रतिक्रिया