शुद्ध चित्तले कर्म गरिरहनुबाहेक विकल्प छैन : गृहमन्त्री अर्याल

शुद्ध चित्तले कर्म गरिरहनुबाहेक विकल्प छैन : गृहमन्त्री अर्याल



काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले गृह मन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय भएकाले के गर्दैछौँ भन्ने कुरा खुलाउन नमिल्ने बताएका छन् ।

पछिल्लो समय हामी नेपाल नामक गैरसरकारी संस्थाका संयोजक सुधन गुरुङलगायतले उनको तीव्र आलोचना गरिरहेका छन् ।

मन्त्री अर्यालले फेसबुकमा लेखेका छन्, “गृह मन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय हो । कतिपय विषयमा के गर्दैछौँ त भन्नै मिल्दैन, के गर्‍यौँ समेत भन्न नमिल्ने अवस्था हुन्छ ।”

उनले आफूहरूसँग शुद्ध चित्तले कर्म गरिरहनुबाहेकको विकल्प नभएको पनि उल्लेख गरेका छन् । निर्वाचनमार्फ निकाससम्म डोर्‍याउने सरकारको अभिभारालाई पूरा गर्ने पनि उनको भनाइ छ ।

“आफ्नो शुद्ध चित्तले कर्म गरिरहनेबाहेक हामीसँग अरु विकल्प हुँदैन । कार्यकालको अन्तिममा जनतालाई हामी धैर्यताका निम्ति धन्यवाद भन्नेछौँ,’ अर्यालले भनेका छन्, “पाइलैपिच्छे सुशासनको बाटो हिँडेर देशलाई निर्वाचनमार्फत निकाससम्म डोर्‍याउने यस सरकारको अभिभारालाई पूरा गर्नेछौँ ।”