काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले जनार्दन शर्मासँग अर्को स्टेशनमा भेट हुने दाबी गरेका छन् । आज पार्टी दर्ता प्रक्रियाका लागि बहादुरभवनस्थित निर्वाचन कार्यालय पुगेका पुनले शर्मासँगको सम्भावित सहकार्यबारे प्रतिक्रिया दिएका हुन् ।
उनले जनार्दन शर्मा, घनश्याम भुसाललगायतका नेताहरू कम्युनिस्ट आन्दोलनको घुम्तीमा अलमलिएको टिप्पणी गर्दै यात्राको क्रममा फेरि भेट हुने विश्वास व्यक्त गरे । ‘रेल भन्नुको अर्थ क्रान्ति हो, परिवर्तन हो । पार्टी गतिशील हुन्छ,’ पुनले भने, ‘त्यही क्रममा कुनै स्टेशनमा छुटेका साथीहरूसँग भेट हुन्छ भन्ने विश्वास छ ।’
उनले सबै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार उठाउने तयारी भइरहेको पनि बताए । जेन–जी आन्दोलनपछिको भावनालाई समेट्दै नवपुस्ताको प्रतिनिधित्वलाई आत्मसात् गर्दै पार्टी सबैभन्दा ठूलो शक्ति बनेर अघि बढ्ने तयारीमा रहेको जानकारी दिए ।


प्रतिक्रिया