एपीएफलाई पराजित गर्दै पुलिसले जित्याे झापा महिला गोल्डकपको उपाधि

एपीएफलाई पराजित गर्दै पुलिसले जित्याे झापा महिला गोल्डकपको उपाधि



काठमाडौं । झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । झापाको शिवसताक्षीमा रहेको दूधे रंगशालामा आज भएको फाइनल खेलमा पुलिसले एपीएफलाई १–० गोलले हराएको हो ।

खेलको २१औं मिनेटमा मिना देउवाले गरेको गोलनै निर्णायक बन्यो । नेपाल पुलिस क्लबले संकटा एफसीलाई र एपीएफले नेपाल आर्मीलाई हराउँदै फाइनल प्रवेश गरेका हुन् ।

प्रतियोगिताको विजेता पुलिसले १० लाख १० हजार रुपैयाँ र दोस्रो भएको एपीएफले पाँच लाख रुपैयाँ पाएको छ ।