आउँदो चुनावमा समानुपातिक उम्मेदवारका लागि रास्वपाको आह्वान

आउँदो चुनावमा समानुपातिक उम्मेदवारका लागि रास्वपाको आह्वान



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आउँदो फागुन २१ गतेको चुनावका लागि समानुपातिक उम्मेदवार आह्वान गरेको छ । हिजोदेखि सुरू भएको यो प्रक्रियामा मोबाइल एपमार्फत् उम्मेदवारी दर्ता गर्न सकिने रास्वपाले जनाएको छ ।

रास्वपाका सह–महामन्त्री विपिनकुमार आचार्यका अनुसार समानुपातिक उम्मेदवारका लागि ५० हजार रूपैयाँ र प्रत्यक्षतर्फ २५ हजार रूपैयाँ शुल्क तोकिएको छ ।