काठमाडौं । सरकारले सोमबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्दै सोमबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।
सरकारले नेपाली सेनाका दुईजना प्रमुख सेनानीलाई महासेनानी दर्जामा बढुवा गरेको छ ।
त्यसैगरी सरकारले भारतको विशाखापट्टनममा ०८२ कात्तिक २८ देखि २९ गतेसम्म आयोजना हुने ३०औँ पार्टनरसिप समिट, २०२५ मा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हालाई स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ ।




प्रतिक्रिया