निर्वाचन आयोगद्वारा वामदेव गौतमको पार्टी खारेज

निर्वाचन आयोगद्वारा वामदेव गौतमको पार्टी खारेज



काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी एकता अभियान पार्टी खारेज गरेको छ । वामदेव गौतमको निवेदनपछि आयोगले सो पार्टी खारेज गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

नेकपा एकीकृत समाजवादी हुँदै नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएपछि गौतमले आयोगमा पार्टी खारेजको निवेदन दिएका थिए ।

प्रवक्ता भट्टराईका अनुसार आयोगले नागरिक उन्मुक्ति पार्टी, नेपाल आयोगमा दर्ता भएको पनि जानकारी दिए । यससँगै आयोगमा दर्ता भएका कुल दलको सङ्ख्या १२५ कायम भएको छ ।