रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता

रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता



काठमाडौं । रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी नेपाल दर्ता भएको छ । दल दर्ताका लागि चाहिने सबै प्रमाण पुर्याएपछि र केन्द्रीय समितिका सबै पदाधिकारी तथा सदस्यले सनाखत गरेपछि निर्वाचन आयोगले मंगलबार दल दर्ता गर्ने निर्णय गरेको हो ।

दल दर्ता भएपछि चौधरीसहित पार्टीका पदाधिकारी निर्वाचन आयोगको कार्यालयमा आज बिहान साढे ११ बजे दल दर्ताको प्रमाणपत्र लिन लागेको रेशम चौधरीले नेपाल प्रेसलाई जानकारी दिए । रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीका संरक्षण रहेका चौधरीले छुट्टै दल दर्ता गराएका हुन् ।

बामदेव गौतम नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एकता अभियान माओवादी र समाजवादी सहितको नेपाली कम्युनिष्ट पार्टीमा एकिकरण भएपछि दल खारेजका लागि गौतमले मंगलबार निवेदन दिएपछि खारेज भएको छ ।