काठमाडौं । जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानले केन्द्रीय संयोजन समिति गठन गरेको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर नेता सुदन किराँतीले ३१ सदस्यीय समिति गठन गरेको जानकारी गराए ।
माओवादी र नेकपा (एकीकृत समाजवादी) सहितका वाम दलहरुको एकता प्रक्रियामा असन्तोष जनाउँदै शर्माको समूह अलग बनेको थियो ।
अभियानले भ्रष्टाचार विभेद र असमानताका मुख्य शत्रुमाथि विजय प्राप्त गर्ने, सांस्कृतिक समानतामा आधारित समाज निर्माण गर्ने, नेपाली राजनीतिको आधारभूत पुनर्संरचना गर्ने, सबै अग्रगामी आन्दोलनका सहिद घाइते, बेपत्ता योद्धाहरूको सपना पूरा गर्ने सङ्कल्प सार्वजनिक गरेको छ ।



प्रतिक्रिया