मधेस प्रदेश प्रमुख कर्णले सम्हाले पदभार

मधेस प्रदेश प्रमुख कर्णले सम्हाले पदभार



काठमाडौं । मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले पदभार ग्रहण गरेका छन् ।

बिहीबार जनकपुरस्थित प्रदेश प्रमुखको कार्यालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् । त्यसअघि कर्ण कार्यालयमा पुग्दा नेपाली सेनाले सलामी अर्पण गरेको थियो भने कार्यालयका कर्मचारीहरूले स्वागत गरेका थिए ।

पदभार ग्रहणपछि कर्णले मधेस प्रदेशमा सरोज कुमार यादव नेतृत्वको सरकार गठनको विषय अदालतमा पुगिसकेकाले अदालतले संवैधानिक व्यवस्था अनुसारकै निर्णय गर्ने विश्वास व्यक्त गरे ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले धनुषाका कर्णलाई प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।