एनपीएलको ओटीटी प्रसारण अधिकार ‘डिशहोम गो’ लाई

एनपीएलको ओटीटी प्रसारण अधिकार ‘डिशहोम गो’ लाई



काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को ओटीटी प्रसारण अधिकार ‘डिशहोम गो’ ले पाएको छ ।

आउँदो मङ्सिर १ गतेदेखि कीर्तिपुरको त्रिवि मैदानमा शुरू हुने प्रतियोगिताका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले ओटीटीबाट प्रसारण गर्ने अधिकार ‘डिशहोम गो’ एपलाई दिएको हो ।

यो एपमार्फत भारतबाहेकका सबै देशमा एनपीएलको प्रत्यक्ष प्रसारण हेन पाइनेछ । अब ‘डिशहोम गो’ बाट एनपीएल हेर्न नेपालका दर्शकले ३ सय रुपैयाँ, मध्यपूर्वका दर्शकले पाँच सय रुपैयाँ र अन्य देशका दर्शकले १० अमेरिकी डलर तिर्नुपर्ने छ ।

दोस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता र जनकपुर बोल्ट्स र काठमाडौं गाेर्खाजबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताो फाइनल खेल मङ्सिर २७ गते हुनेछ ।