काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला निकट नेताहरूले शुक्रबार छुट्टै छलफल गरेका छन् । नियमित महाधिवेशनका लागि दबाब दिनको लागि उपसभापति धनराज गुरुङसहित नेताहरूले छलफल थालेका हुन् ।
काठमाडौंमा उपलब्ध कांग्रेस जिल्ला सभापति र पूर्वसभापतिहरुसँग नेता कोइरालाको सचिवालयमा छलफल भएको हो ।
छलफलमा उपसभापति गुरुङसहित सहमहामन्त्री बद्री पाण्डे र जीवन परियार, केन्द्रीय सदस्य दिलेन्द्र बडु लगायत सहभागी थिए । कांग्रेसमा महाधिवेशनको मितिबारे चर्को विवाद हुँदा नेता कोइराला पछिल्लो समय मध्यमार्गी भूमिकामा देखिएका छन् ।


प्रतिक्रिया