काठमाडौं । मधेसको मुख्यमन्त्री नियुक्तिको विरोधमा सात राजनीतिक दलले छैटौँ दिन पनि विरोध प्रदर्शन जारी राखेका छन् । मधेसमा मुख्यमन्त्रीको नियुक्ति असंवैधानिक रहेको दाबीसहित दलहरूले आज पनि मधेस भवन अगाडि धर्नालाई जारी राखेका हुन् ।
धर्नामा मधेस प्रदेशका पूर्वमन्त्रीहरू, प्रदेशसभाका सदस्यहरू सहभागी छन् ।
तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा ३ अनुसार मधेस प्रदेशसभामा सबैभन्दा ठूलो दलका संसदीय दलका नेताको हैसियतले नेकपा (एमाले)का संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्ति गरेकी थिइन् ।
कात्तिक २३ गते मुख्यमन्त्रीमा नियुक्त गरेर कात्तिक २४ गते शपथ ग्रहण गराएपछि एमालेबाहेकका दलहरूले विरोध जनाइरहेका छन् ।
सात दलले ७४ जना प्रदेशसभाको समर्थन रहेको भन्दै संविधानको धारा १६८ को उपधारा २ को आधारमा बहुमतीय सरकार बनाउने अवस्था हुँदाहुँदै गलत नियतले उपधारा ३ प्रयोग गरिएको तर्क गरेका छन् ।


प्रतिक्रिया