काठमाडौं । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ लागि नामिबियाका बाँयाहाते पेस बलर रुबेन ट्रम्पलमनलाई अनुबन्ध गरेको छ ।
यसअघि तीन विदेशी खेलाडी अनुबन्ध गरेको लुम्बिनीका लागि ट्रम्पलमन चाैथो विदेशी खेलाडी हुन् । लुम्बिनीले यसअघि अष्ट्रेलियाका ब्याटर डार्शी सर्ट, इटालीका पेस बलर थोमस ड्राका र अफगानिस्तानका अलराउण्डर गुल्बादिन नइबलाई अनुबन्ध गरिसकेको छ ।
पेस बलर रुबेन ट्रम्पलम्यानलाई अनुबन्ध गर्दै लुम्बिनी लायन्सले बलिङ लाइनअप बलियो बनाएको छ । २७ वर्षीय ट्रम्पलमनले नामिबियाका लागि ४९ एकदिवसीय अन्तर्राष्ट्रिय र ४४ टी२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले एकदिवसीय अन्तर्राष्ट्रियमा ७३ र टी२० अन्तर्राष्ट्रियमा ४९ विकेट लिएका छन् ।


प्रतिक्रिया