काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको तयारी पूरा भएको छ ।
नेपाली क्रिकेट संघ (क्यान)ले आज पत्रकार सम्मेलन गर्दै मंसिर १ गतेदेखि सुरु हुने एनपीएलको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो ।
पहिलोपटक एनपीएल फ्लडलाइटमुनि हुन लागेको छ । पहिलो संस्करण भव्य भएको र दोस्रो संस्करणलाई अझै भव्य बनाउने योजना अनुसार डे नाइट म्याच गराइएको क्यानका सचिव पारस खड्काले बताए ।
एनपीएल दोस्रो संस्करणको पुरस्कार राशि पहिलो संस्करणकै कायम राखिएको सचिव खड्काले जानकारी दिए ।
एनपिएलको दोस्रो संस्करणमा ३५ करोड भन्दा बढी रकम उठ्ने अनुमान गरिएको छ । सचिव खड्काले ३५ करोड भन्दा बढी रकम उठ्ने अनुमान गरेको बताएका हुन् ।
१५ करोड ३० लाख प्रयोजकबाट, ९ करोड सहभागी टिमहरूबाट, ओटिटीबाट पाँच करोड ३० लाख र टिकटबाट आठ देखि १२ करोडसम्म उठ्ने अनुमान छ ।
सोमबारदेखि एनपिएल सुरू हुँदैछ ।


प्रतिक्रिया