वैकल्पिक शक्तिहरू एक हुन सुदन गुरुङको आह्‌वान

वैकल्पिक शक्तिहरू एक हुन सुदन गुरुङको आह्‌वान



काठमाडौं । हामी नेपालका संस्थापक सुदन गुरुङले वैकल्पिक शक्तिको आवश्यकता रहेको भन्दै चर्चित अनुहारहरूलाई एकै ठाउँमा उभिन आह्‌वान गरेका छन् ।

उनले पार्टीप्रेमी नभई देशप्रेमी नेपालीहरू एकजुट हुन जरुरी रहेको भन्दै सामाजिक सञ्जालमार्फत आह्‌वान गरेका हुन् ।

उनले बालेन साह, रवि लामिछाने, कुलमान घिसिङ, हर्क साम्पाङ, सुमना श्रेष्ठ र सागर ढकाल लगायत समाजमा मन जितेका व्यक्तित्वहरूलाई एकै ठाउँमा आउन उनले सार्वजनिक आह्वान गरेका छन् ।

‘हामी सम्पूर्ण नेपाली जनताको एउटै चाहना छ, तपाईंहरू सबै एकै ठाउँमा सँगै उभिनुहोस्,’ उनले भनेका छन् ।