फिर्ता भएका ४ जना राजदूतको राजीनामा स्वीकृत

फिर्ता भएका ४ जना राजदूतको राजीनामा स्वीकृत



काठमाडौं । सरकारले फिर्ता बोलाएका राजदूतहरूले दिएको राजीनामा स्वीकृत भएको छ । जेनजी आन्दोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकारले फिर्ता बोलाएका राजदूतहरूमध्ये ४ जनाले राजीनामा दिएका थिए ।

उनीहरूको राजीनामा परराष्ट्रमन्त्री समेत रहेकी प्रधानमन्त्री सुशीला कार्कीले स्वीकृत गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी, चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओली, कतारका रमेशचन्द्र पौडेल, बेलायतका चन्द्रकुमार घिमिरेले मन्त्रालयका सचिव अमृतबहादुर राईसमक्ष विभिन्न मितिमा राजीनामा दिएका थिए ।

सचिव राईले उनीहरूको राजीनामा प्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कार्कीसमक्ष पेस गरेका थिए । सो राजीनामा स्वीकृत भएको जनाइएको छ ।