काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अवधिमा सुरक्षा व्यवस्था चुस्त दुरुस्त राख्न निर्देशन दिएका छन् ।
सोमबारदेखि सुरु हुन लागेको दोश्रो संस्करणको एनपीएलको सुरक्षा प्रबन्धबारे काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल र प्रहरी प्रमुख रमेश थापासँग ब्रिफिङ लिँदै गृहमन्त्री अर्यालले सुरक्षा सतर्कता बढाउन निर्देशन दिएका हुन् ।
गृहमन्त्रीका अनुसार बैठकमा अर्यालले क्रिकेट अवधिभर सुरक्षा व्यवस्था दुरूस्त राख्न र कुनै पनि अवान्छित घटना हुन नदिन सुरक्षा सतर्कता बढाउन निर्देशन दिए ।
‘पहिलोपटक रात्रिकालीन समयमा पनि क्रिकेट हुने भएकोले यसपालिको सुरक्षा व्यवस्था झनै मजबुद र दुरुस्त हुन जरुरी छ’, गृहमन्त्रीले भने, ‘सोहीअनुसार प्रबन्ध मिलाउनुहोला ।’


प्रतिक्रिया