कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित



काठमाडौं । आज बस्ने भनिएकाे नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएकाे छ ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आजको बैठक स्थगित गरी अब मङ्सिर ४ गते बिहीबार बस्नेगरी तय भएको जानकारी दिए ।

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सात वटै प्रदेश कार्यसमितिका सभापतिको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले जानकारी दिए ।

कांग्रेसभित्र महाधिवेशनलगायतका विषयमा सहमति नजुटेकाले बैठक प्रभावित भएको हो ।