काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वगृहमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन गराउन नचाहेको टिप्पणी गरेका छन् ।
सोमबार जनकपुरमा सञ्चारकर्मीका जिज्ञासाको जवाफ दिने क्रममा उनले सरकारले निर्वाचन गराउने कुनै आधार नदिएको उनले जिकिर गरे ।
प्रहरीबाट लुटिएका एसएलआरलगायत हतियारसहित निर्वाचनमा गोलाबारुद्ध हुने सम्भावना विद्यमान रहेकाले आउँदो फागुन २१ गते चुनाव हुने कुनै सम्भावना नरहेको उनले तर्क गरे ।
नेता अधिकारीले संसद् पुनर्स्थापना र युवापुस्ताको सुशासन र भ्रष्टाचार अन्त्यको माग सम्बोधन गरेर मात्र मुलुकलाई निर्वाचनमा अघि बढाउनुपर्नेमा जोड दिए ।
नेता अधिकारीले राजनीतिक दलका ‘नेतालाई भेट्नै मन लाग्दैन’ भन्ने प्रधानमन्त्रीले निर्वाचन गराउँछन् भनेर भन्न नसकिने बताए ।


प्रतिक्रिया