काठमाडौं । आजदेखि सुरु हुँदै गरेकाे नेपाल प्रिमियर लिग (एनपीएल) को लागि टियु रङ्गशालामा समर्थकहरू ३ घण्टा अगाडिदेखि नै आउन थालेका छन् ।
एनपीएलको उद्घाटनमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाण्डु गोर्खाजबिच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता आगामी मङ्सिर २७ गतेसम्म सञ्चालन हुनेछ ।
नेपाल प्रहरीले सूचना निकालेर टिकट नभएकाहरुलाई वरपर भीडभाड नगरी सुरक्षा व्यवस्थापन गर्ने काममा सहयोग गरिदिन अनुरोध पनि गरेको छ ।


प्रतिक्रिया