काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले वर्तमान सरकार आगमी फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने जिम्मेवारीबोधका साथ अघि बढेको बताएका छन् ।
मुलुकमा तोकिएको मितिमा नै निर्वाचन हुँदैन कि भन्ने आशंका भइरहेका बेला उनले निर्वाचन सम्पन्न गराउने मुख्य ध्येयका साथ सरकार अघि बढिरहेको बताएका हुन् ।
सोमबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा मन्त्री सिन्हाले ‘जेनजी’ आन्दोलनपछि संविधानलाई सही बाटोमा अघि बढाउन निर्वाचन गराउने उद्देश्यले वर्तमान सरकार बनेको बताए ।
मुलुकलाई निकास दिन निर्वाचनको विकल्प नरहेको उनको भनाइ छ ।


प्रतिक्रिया