नहुने चुनावको पैरवी गरेर एमालेले समय खेर फाल्दैन : शंकर पोखरेल

नहुने चुनावको पैरवी गरेर एमालेले समय खेर फाल्दैन : शंकर पोखरेल



काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नहुने चुनावको पैरवी गरेर एमालेले समय खेर नफाल्ने बताएका छन् ।

प्रेस चौतारी रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको अन्तर्क्रियामा पोखरेलले एमाले चुनावबाट भाग्ने पार्टी नभएको बताए । तर, नहुने चुनावको पैरवी गरेर एमालेले समय खेर नफाल्ने बताए । उनले वर्तमान सरकारको क्रियाकलाप चुनावप्रति केन्द्रित नरहेको आरोपसमेत लगाए ।

निर्वाचन आयोगले मात्रै चुनावको कुरा गरेर चुनाव नहुने भन्दै पोखरेलले सरकार पनि गम्भीर हुनुपर्ने बताए । अन्य राजनीतिक दलहरूले पनि ‘जेनजी’ पुस्ता रिसाउलान् भनेर चुनाव–चुनाव भनिरहेको उनको भनाइ छ ।

उनले नेपाल प्रहरीको मनोबल उच्च नबनाएसम्म चुनावको वातावरण बन्न नसक्ने जिकिर गरे । पोखरेलले प्रतिनिधिसभाको पुनर्स्थापनाको एजेन्डासहित एमाले अहिले जनतामाझ गइरहेको उनको भनाइ छ ।