पूर्वआईजीपी खनालद्वारा सम्मुनत नेपाल पार्टी दर्ताको लागि निवेदन

पूर्वआईजीपी खनालद्वारा सम्मुनत नेपाल पार्टी दर्ताको लागि निवेदन



काठमाडौं । नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले पार्टी खोलेका छन् ।

उनी नेतृत्वको ‘सम्मुनत नेपाल पार्टी’ दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिइएको छ ।

खनालको पार्टीका तर्फबाट कात्तिक ३० गते अबेर राजबाबु यादवले आयोगमा निवेदन बुझाएका हुन् ।

०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा (एमाले) बाट काठमाडौं- ६ मा उमेदवार बनेका खनाल पराजित भएका थिए । त्यसपछि तनहुँ- १ को उपनिर्वाचनमा पनि उनी पराजित भएका थिए ।