एसियन कप छनोटमा नेपाल मलेसियासँग पराजित

एसियन कप छनोटमा नेपाल मलेसियासँग पराजित



काठमाडौं । एसियन कप छनोटमा नेपाल मलेसियासँग १–० गोलले पराजित भएको छ ।

मलेसियामा हिजो भएको खेलमा घरेलु टोलीका लागि फैसल हलिमले गरेको गोल नै निर्णायक भयो ।

दशरथ रंगशालालाई एसियन फुटबल महासंघ (एएफसी) ले अयोग्य ठहर गरेको कारण मलेसियासँगको घरेलु खेल खेल्न नेपाली टोली मलेसिया पुगेको थियो ।

पहिलो लेगमा नेपाल मलेसियासँग २–० ले हारेको थियो ।नेपालले छनोटसहित लगातार आठौं खेलमा जित निकाल्न सकेन ।

गएको मार्चमा सिंगापुरलाई १–० ले हराएपछि नेपालले ५ खेलमा हार र तीन खेलमा बराबरीको नतिजा निकालेको छ ।