एमालेले बोलायो सचिवालय बैठक

एमालेले बोलायो सचिवालय बैठक



काठमाडौं । नेकपा (एमाले) ले सचिवालय बैठक आह्वान गरेको छ ।

एमाले सचिवालय बैठक बिहीबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको छ ।

भोलि बस्ने बैठकमा महाधिवेशनसँग सम्बन्धित तयारीका विषयमा छलफल हुनेछ ।

एमालेको ११ औं महाधिवेशन आगामी मंसिर २७, २८ र २९ गते हुँदैछ । मंसिर १३ गते देशैभर एकैदिन प्रतिनिधि छनोट पनि गर्दैछ ।