प्रदर्शनबीच परवानीपुरमा एमालेनिकट युवा संघले गर्‍यो जागरण सभा

प्रदर्शनबीच परवानीपुरमा एमालेनिकट युवा संघले गर्‍यो जागरण सभा



बारा । प्रदर्शनकैबीच नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालले परवानीपुरमा जागरण सभा गरिरहेको छ ।

बाराको परवानीपुरमा एमाले युवा संघले मधेस जागरण सभा गरेको हो ।

जागरण सभालाई एमाले मधेस इन्चार्ज लीलानाथ श्रेष्ठ, युवा संघ इन्चार्ज राजीव पहारी, युवा संघका अध्यक्ष क्षितिज थेवे, उपाध्यक्ष महाराज गुरूङ लगायतले सम्बोधन गरिरहेका छन् ।

त्यसको विरोधमा जेनजीको एउटा समूहले वीरगञ्ज पथलैया सडक खण्डमा विरोध प्रदर्शन गरिरहेका छन् ।

उनीहरूले बिहानैदेखि त्यहाँ विरोध प्रदर्शन गरिरहेका थिए । सुरक्षाकर्मीहरूले माइकिङ गर्दै युवाहरूलाई आआफ्ना घर फर्कन भनिरहेका छन् ।

एमाले महासचिव शंकर पोखरेल, पोलिटब्युरो सदस्य महेश बस्नेत लगायत नेताहरूलाई बोलाएर युवा संघले जागरण सभाको तयारी गरेको थियो ।

नेताहरू आउने भएपछि जेनजीको एउटा समूहले विरोध प्रदर्शन सुरू गरेको थियो । उक्त प्रदर्शनका कारण महासचिव पोखरेल, बस्नेत सहितका नेता काठमाडौंमै रोकिएका थिए ।