सिमरामा जेनजी र सुरक्षाकर्मीबीचकाे झडपमा ४ जना घाइते

सिमरामा जेनजी र सुरक्षाकर्मीबीचकाे झडपमा ४ जना घाइते



सिमरा । बाराको सिमरामा प्रदर्शनमा उत्रिएका जेनजी युवा समूह र सुरक्षाकर्मीबीच झडप हुँदा चार जना घाइते भएका छन् ।

घाइते हुनेहरूमा निशान्त श्रेष्ठ, सन्देश घिमिरे, सुमित चौधरी, निलहरी सापकोटा छन् ।

४ जना घाइतेमध्ये दुई जनालाई थप उपचारका लागि वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ भने दुई जनाको सिमरामै रहेको सिमरा अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले झडपको क्रम रोकिए पनि युवाहरूले प्रदर्शन जारी रहेको जानकारी दिए ।

उनका अनुसार स्थितिलाई नियन्त्रणमा लिन आवश्यकता अनुसार केही सेल अश्रुग्यास प्रहार गरिएको थियो ।

राजमार्गमा प्रदर्शन जारी रहेका कारण सवारी आवागमन ठप्प छ ।