काठमाडौं । फिफा वरीयतामा नेपाल २ स्थान तल झरेको छ । विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले सार्वजनिक गरेको पछिल्लो वरीयता अनुसार नेपाल २ स्थान तल झर्दै १ सय ८२औं स्थानमा झरेको छ । यसअघि नेपाल १ सय ८०औं स्थानमा थियो ।
योसँगै नेपाल फिफाको सार्क देश वरीयतामा चौथो स्थानमा झरेको छ । फिफाको सार्क देश वरीयतामा भारत एकैपटक ६ स्थान तल झरेर १ सय ४२औं, माल्दिभ्स घटबढ नभई १७३औं, बङ्गलादेश ३ स्थान सुधार गरेर १ सय ८०औं, भूटान ३ स्थान तल झरेर १ सय ९२औं, श्रीलङ्का १ स्थान तल झरेर १ सय ९४औं र पाकिस्तान १ स्थान तल झरेर १ सय ९९औं स्थानमा छन् ।
फिफा वरीयतामा स्पेन शीर्ष, अर्जेन्टिना दोस्रो, फ्रान्स तेस्रो, इङ्ग्ल्यान्ड चौथो स्थानमा यथावत् छन् ।


प्रतिक्रिया