काठमाडौं । चितवन राइनोज्का तीव्र गतिका बलर रिजन ढकाल कारबाहीमा परेका छन् । उनलाई आचारसंहिता उल्लंघन गरेको भन्दै नेपाल प्रिमियर लिग (एनपीएल)का म्याच रेफ्रीले एक डिमेरिट पोइन्ट प्रदान गरेका हुन् ।
बिहीबार भएको लुम्बिनी लायन्ससँगको खेलमा एलबीडब्लु अपिल गरे पनि अम्पायरले आउट नदिँदा उनले असन्तुष्टि जनाएका थिए । जसका कारण उनलाई चेतावनीसहित कारबाही गरिएको म्याच रेफ्रीले जनाएका छन् ।
रिजनले गल्ती स्वीकार गरिसकेका छन् । उक्त खेलमा चितवन राइनोज ६ विकेटले पराजित भएको थियो ।


प्रतिक्रिया