काठमाडौं । बाबुराम भट्टराई, जनार्दन शर्मा र सन्तोष परियारले गठन गरेको प्रगतिशील लोकतान्त्रिक पार्टीको ‘बृहत एकता घोषणा’ सभा आज हुने भएको छ ।
बिहान ११ बजे राष्ट्रिय सभा गृहमा हुने भेलाको अध्यक्षता भने परियारले गर्ने सो समूहका एक नेताले जानकारी दिए । “हामी सामूहिक नेतृत्वमा अघि बढ्दैछौँ,” एक नेताले भने ।
पार्टीमा बाबुराम भट्टराई, जनार्दन शर्मालगायत रहने भए पनि नेतृत्व भने युवालाई नै सुम्पिने तयारी छ ।
कार्यक्रममा भट्टराईले स्थापना गरेको र हाल दुर्गा सोबले नेतृत्व गरेको जसपा (नयाँशक्ति), शर्माको पहलमा स्थापना गरेको र हाल सुदन किराँतीले नेतृत्व गरेको प्रगतिशील लोकतान्त्रिक पार्टी, रास्वपा परित्याग गरेका विघटित प्रतिनिधि सभा सदस्य सन्तोष परियार नेतृत्वको टोलीसँग एकता घोषणा हुन लागेको हो ।
यसअघि उनीहरुबीच एकताको सहमति पत्रमा हस्ताक्षरसमेत भइसकेको छ । त्यही सहमति अनुसार आज सार्वजनिक सभा गरेर एकता घोषणा गर्न लागिएको हो ।


प्रतिक्रिया