काठमाडौं । प्रतिनिधिसभा सदस्य चुनावको लागि आइतबारसम्म ५६ वटा दल दर्ता भएका छन् ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्रतिनिधिसभाका लागि ५६ र राष्ट्रियसभा निर्वाचनका लागि १३ वटा दल दर्ता भएका हुन् ।
आगामी ११ माघमा राष्ट्रियसभाको र २१ फागुनमा प्रतिनिधिसभाको चुनाव हुँदै छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल अद्यावधिक गर्ने समय आइतबारसम्म र प्रतिनिधिसभाका लागि १० मंसिरसम्मको लागि समय तोकेकाे छ ।


प्रतिक्रिया