काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अबको चुनावमा कांग्रेसले वर्तमान सभापति (शेरबहादुर देउवा)को हस्ताक्षरमा चुनाव नलड्ने दाबी गरेका छन् ।
उनले विशेष महाधिवेशनबाट नयाँ नेतृत्व आउने र उसकै हस्ताक्षरमा कांग्रेसले चुनाव लड्ने बताएका छन् । विशेष महाधिवेशनको विकल्प नरहेकाे स्पष्ट पार्दै अलमलमा नपर्न अनुरोध गरेका छन् ।
यस्ताे छ थापाले सामाजिक सञ्जालमा व्यक्त गरेको धारणा
बिहानदेखि धेरै साथीहरूले सोधिरहनुभएको छ ‘पार्टीले वर्तमान सभापतिज्यूकै हस्ताक्षरमा चुनाव लड्ने भएको हो ?
मैले भने; होइन ।
साथीहरूले फेरी सोध्नुभयो कसरी ?
मैले भने : प्रष्ट छ – अब विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ । त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुन्छ । नयाँ सभापतिको हस्ताक्षर सहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जान्छ । नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरमा पार्टी चुनाव लड्छ ।
यही कारण हो हामीले निर्वाचन अगाडि नै महाधिवेशन भनेको । अब विशेष महाधिवेशनको विकल्प छैन ।
कुरा स्पष्ट छ, अलमलमा नपरौं ।


प्रतिक्रिया