फागुन २१ गते नै निर्वाचन हुन्छ : कुलमान घिसिङ

फागुन २१ गते नै निर्वाचन हुन्छ : कुलमान घिसिङ



काठमाडौं । ऊर्जा, सहरी विकास मन्त्री कुलमान घिसिङले सरकारले घोषणा गरेको मितिमा नै निर्वाचन हुने बताएका छन् ।

सोमबार राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा यस्तो बताएका हुन् । उनले निर्वाचनका विषयमा सरकारले राजनीतिक दलहरूसँग छलफल गरिरहेको बताए ।

उनले भने,’निर्वाचन समयमा हुन्छ । सरकार निर्वाचन केन्द्रित काम गरिरहेको छ । सबै राजनीतिक दल निर्वाचनमा जानुको विकल्प छैन ।’ उनले अहिले निर्वाचनको लागि राजनीतिक दलहरू निर्वाचन आयोगमा दर्ता भइरहेको जानकारी दिए ।