सर्वोच्चमा आगजनी गर्ने पाँचजना पक्राउ

सर्वोच्चमा आगजनी गर्ने पाँचजना पक्राउ

सर्वोच्च र अख्तियारसहित प्रहरीमा १ सय ४ जाहेरी



काठमाडौं । सर्वोच्च अदालतमा आगजनी गर्ने पाँचजना पक्राउ परेका छन् । प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गर्दै सर्वोच्च अदालतमा आगजनी गर्ने पाँच जनालाई पक्राउ गरिएको जानकारी दिएको छ ।

भदौ २४ गते भएको विध्वंशमा सर्वोच्च अदालतमा आगजनी गरिएको थियो । आगजनीपछि सर्वोच्चमा २० हजार बढी मिसिल जलेका थिए ।

आन्दोलनको क्रममा भएको तोडफोड, आगजनी र अपराधिक उपद्रवसँग सम्बन्धित १ सय ४ वटा जाहेरी प्रहरीकोमा परेको छ ।

सर्वोच्च अदालत र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित १ सय ४ वटा जाहेरी परेको पत्रकार सम्मेलनमार्फत जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी गराएको हो ।

जस अनुसार, व्यक्तिगत रुपमा २२ वटा जाहेरी परेका छन् । त्यस्तै, सरकारी कार्यालय/प्रहरी प्रतिवेदन ६६ वटा र संस्थागत १६ वटा जाहेरी परेको प्रहरीले जनाएको छ ।