सुमनराज अर्याल नयाँ मुख्यसचिव नियुक्त

सुमनराज अर्याल नयाँ मुख्यसचिव नियुक्त



काठमाडौं । सरकारले सुमनराज अर्याललाई नयाँ मुख्यसचिव नियुक्त गरेको छ ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले बुधवारदेखि लागू हुने गरी अर्याललाई २८ औँ मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । अर्याल यसअघि रक्षा सचिव रहेका थिए ।

हालका मुख्यसचिव एकनारायण अर्यालको भोलि मध्यरातिदेखि कार्यकाल सकिने भएपछि सरकारले नयाँ नियुक्ति गरेको हो ।