काठमाडौं । प्रधानमन्त्री कार्यालयभित्रै जेनजी अगुवाहरूबीच भनाभन भएको छ । सोमबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन सिंहदरबार पुगेका जेनजी अगुवाहरू ओजस्वीराज थापा र सुप्रिया राज्यलक्ष्मी शाहीबीच भनाभन भएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उनीहरूबीचको भनाभन ‘तँ–तँ र म–म’को स्थितिमा पुगेको थियो ।
प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयमा नातेदार नियुक्तिको विरोध जनाउन पुगेका जेनजी अगुवाबीच नै विवाद भएको हो । प्रधानमन्त्री कार्की भने उनीहरूलाई भेट्दै नभेटी सिंहदरबारबाट बाहिरिएकी छन् ।
द काउन्सिल अफ जेनजी समूहमा रहेका अगुवाहरू प्रधानमन्त्री कार्यालय पुगेका थिए । ध्यानार्षण पत्र बुझाउन उनीहरू त्यहाँ पुगेका थिए ।
ध्यानाकर्षण पत्र बुझ्नका लागि प्रधानमन्त्रीले समय नदिएको उनीहरुको गुनासो छ ।


प्रतिक्रिया