काठमाडौं । मिराज ढुंगाना समूहको जेन–जी समूहले सिंहदरबार प्रवेश गर्न निषेध गरिएको छ । उनीहरूले सिंहदरबार प्रवेश गर्न नपाएपछि गेटमै मागपत्र टाँसेका छन् । प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर मागपत्र बुझाउने उनीहरूको तयारी थियो ।
मिराज ढुंगाना, रविकिरण हमाललगायतका जेनजी अगुवाहरू सिंहदरबार मागपत्र लिएर पुगेका थिए ।
लाखौँ युवा देशभरि सडकमा उत्रिएर गरिएको विद्रोह फगत ०८४ सालको निर्वाचन ०८२ सालमा गर्नको लागि मात्र नभएको उनीहरूको भनाइ छ ।
निर्वाचन आयोगमा दर्ता भएका दल, विघटित प्रतिनिधिसभाका सांसद तथा मन्त्रीहरूको चल-अचल सम्पत्ति रोक्का गर्न र हालसम्म उच्च पदमा रहेका व्यक्तिहरुको सम्पत्ति छानबिनका लागि शक्तिशाली आयोग बनाउन पनि उनीहरूको माग छ ।


प्रतिक्रिया