प्रतिनिधिसभा निर्वाचनका लागि एमालेले गरायो दल दर्ता

प्रतिनिधिसभा निर्वाचनका लागि एमालेले गरायो दल दर्ता



काठमाडौं । प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि नेकपा (एमाले)ले दल दर्ता गराएको छ । मंगलबार निर्वाचन आयोग पुगेर एमाले निर्वाचन विभाग प्रमुख निरज आचार्यले दल दर्ता गराएका हुन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय बुधबारसम्म तोकिएको छ ।

विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै एमाले आजै सर्वोच्च अदालत पनि पुगेको छ ।