काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले देश अहिले अप्ठ्यारो स्थितिमा रहेको बताएका छन् ।
मुस्लिम समुदायसँग नेपाली कम्युनिष्ट पार्टी विषयक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले देश अप्ठ्यारो स्थितिमा रहेको बताएका हुन् ।
गत भदौ २३ र २४ गतेको आन्दोलनपछि देशमा अप्ठ्यारो स्थिति आइरहेको उल्लेख गरे ।
२४ गतेको विध्वंशपछि सिंगै नेपाली समुदायमा आत्मनिर्णयको अधिकारमाथि पनि प्रश्नचिह्न खडा भएको बताए ।
राष्ट्र भनेको निश्चित भूगोलभित्र बस्ने जातजाति, धर्म, संस्कृतिका व्यक्तिहरूको योगफल भएको बताए ।
उनले भने, ‘अहिले देश बडो अप्ठ्यारो स्थितिमा छ । तपाईंहरूले पनि महसुस गर्नुभएको होला । २४ गतेको विध्वंशपछि सिंगै नेपाली कम्युनिटीको आत्मनिर्णयको अधिकारमाथि पनि प्रश्नचिह्न खडा भएको छ । यो स्थितिमा हामीले राष्ट्र भनेको निश्चित भूगोलभित्र बस्ने जातजाति, धर्म, संस्कृतिका व्यक्तिहरूको योगफल हो राष्ट्र । राष्ट्र बचाउने जिम्मेवारी सबैको हो ।’


प्रतिक्रिया