काठमाडौं । बालुवाटारस्थित प्रधानमन्त्रीको निवास घेराउ गर्न पुगेका मिराज ढुंगाना सहितको टोलीलाई प्रहरीले आज पनि पन्छाएको छ ।
बुधबार अपराह्न प्रधानमन्त्री निवास पुगेका उनीहरुलाई प्रहरीले निषेधित क्षेत्रबाट हटाएको हो । प्रहरीले उनीहरूलाई धकेलेर अन्यत्र राखेको थियाे ।
मंगलबार पनि सिंहदरबार पुगेको उनको समूहलाई प्रहरीले अनामनगरको धोबीखोला पुल कटाएको थियो ।
त्यसैगरी सोमबार पनि प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्ने भनेर उनीहरू सिंहदरबार प्रवेश गर्न खोजेका थिए । तर प्रवेश नदिएपछि मागपत्र बाहिरै टाँसेर निस्केका थिए ।
युवा सडकमा उत्रिएर गरिएको विद्रोह फगत ०८४ सालको निर्वाचन ०८२ सालमा गर्नको लागि मात्र नभएको उनीहरूको भनाइ छ ।
निर्वाचन आयोगमा दर्ता भएका दल, विघटित प्रतिनिधिसभाका सांसद तथा मन्त्रीहरूको चल-अचल सम्पत्ति रोक्का गर्न र हालसम्म उच्च पदमा रहेका व्यक्तिहरुको सम्पत्ति छानबिनका लागि शक्तिशाली आयोग बनाउन पनि उनीहरूको माग छ ।


प्रतिक्रिया